चीनले अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगायो



Advertisement
Ads

अमेरिकाले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएपछि, चीनले पनि बदलामा अमेरिकी कोइला, तरल प्राकृतिक ग्यास (LNG) मा १५ प्रतिशत तथा कच्चा तेल, कृषि मेसिनरी, ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत कर लगाउने निर्णय गरेको छ। साथै, चीनले अमेरिकी प्रविधि कम्पनी गुगल विरुद्ध एकाधिकार अनुसन्धान सुरु गरेको छ। चीनले अमेरिकाको कदमलाई अन्तर्राष्ट्रिय व्यापार नियमविपरीत भन्दै विश्व व्यापार संगठनमा उजुरी दिएको छ। अमेरिकाले मेक्सिको र क्यानडाका लागि कर ३० दिन स्थगित गरे पनि चीनलाई कुनै सुविधा दिएको छैन। व्यापार तनाव पुनः चुलिँदै गएको संकेत देखिएको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर