चीनमा देखिएको कोरोनाजस्तै अर्को भाइरस भारतमा पनि देखियो
कोभिड-१९ को महामारीपछि फेरि नयाँ भाइरसले विश्वलाई सतर्क बनाएको छ। चीनबाट सुरु भएको ह्युमन मेटा न्यूमोभाइरस (एचएमपीभी) भारतमा पनि पुष्टि भएको छ।
भारतको बेंगलुरुस्थित एक निजी अस्पतालमा भर्ना भएका आठ महिनाका शिशुमा एचएमपीभी भाइरस भेटिएको छ। इन्डिया टुडेका अनुसार, भारतमा यो भाइरस पहिलो पटक पाइएको हो।
विशेषज्ञहरूका अनुसार, यो भाइरस प्रायः दुई वर्षभन्दा कम उमेरका बालबालिकामा देखिन्छ। यसको लक्षणहरू कोभिड-१९ सँग मिल्दोजुल्दो भएकाले स्वास्थ्य क्षेत्र सतर्क बनेको छ।
फ्लुजस्ता लक्षण भएका बिरामीहरूमध्ये ०.७% मा मात्र यो भाइरस देखिएको छ। भाइरसको ठ्याक्कै प्रजाति पहिचान गर्न थप अनुसन्धान आवश्यक रहेको विज्ञहरूले बताएका छन्।