चिलिमे हाइड्रोको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने लाग्यो ओरालो
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जसले गत वर्षको सोही अवधिको तुलनामा २.०१% वृद्धि देखाएको छ। विद्युत् बिक्री आम्दानी ६४ करोड ९ लाख पुगेको छ, जुन ४.७२% बढी हो। कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड २३ लाख रहेको छ भने रिटेन्ड अर्निङ्ग २ अर्ब ३८ करोड ९५ लाख पुगेको छ। कुल नाफा ५.५८% र सञ्चालन मुनाफा ६.९७% बढे पनि प्रतिसेयर आम्दानी ९.४० बाट ८.७२ रुपैयाँमा घटेको छ। प्रतिसेयर नेटवर्थ १२७.२१ रुपैयाँ रहेको छ।