चिलिमे जलविद्युत् कम्पनीको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा



Advertisement
Ads

चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ। कम्पनीले ७ माघदेखि अद्यावधिक गरिएको डिम्याट खाता र बैंक खातामा नगद लाभांश पठाएको हो। तर, बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई खाता अद्यावधिक गरेपछि मात्र नगद लाभांश प्राप्त हुने जानकारी दिइएको छ। कम्पनीले सेयरधनीलाई तुरुन्त डिम्याट खाता अद्यावधिक गर्न आग्रह गरेको छ। यसअघि, पुस २८ गते सम्पन्न साधारण सभामा १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको थियो।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर