ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो
ङादी ग्रुप पावरले हकप्रद सेयरमा आवेदन दिने म्याद माघ २९ गतेसम्म थप गरेको छ। यसअघि माघ १४ गतेसम्म आवेदन दिने जानकारी थियो, तर मागअनुसार आवेदन नपरेपछि समय थप गरिएको हो। कम्पनीले पुस २३ गतेदेखि १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो। सेयरको अंकित मूल्य १ सय रुपैयाँ रहेको छ, र कुल १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको सेयर निष्काशन गरिएको छ। हकप्रदबाट उठाइएको रकम आयोजनाका मर्मत-सम्भार, ऋण तिर्न र नयाँ परियोजनामा लगानी गरिनेछ।