ङादी ग्रुपको शतप्रतिशत हकप्रद सेयर भोलिबाट खुल्दै
ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि १ अर्ब ८५ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्दैछ। कम्पनीले चुक्ता पूँजीको १००% अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाखभन्दा बढी सेयर जारी गर्नेछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई “डबल बी प्लस” रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम वित्तीय जोखिम संकेत गर्छ।
सेयरधनीहरूले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका शाखाहरू, वा ‘मेरो सेयर’ प्रणालीमार्फत माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।