खानी खोला हाइड्रोपावरले बोलायो साधारण सभा, कस्ता छन् प्रस्तावहरु ?
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारण सभा माघ ३० गते बिहान ११ बजे धुम्रबराही भेन्यु, धुम्रबाराही, काठमाडौंमा बोलाएको छ। कम्पनीले ०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने तथा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। सञ्चालक समितिको हेरफेर र अनुमोदनसम्बन्धी निर्णय पनि सभाले गर्नेछ। कम्पनीले यसपटक लाभांश प्रस्ताव गरेको छैन। साधारण सभा प्रयोजनका लागि माघ १३ गते बुक क्लोज गरिनेछ। माघ १० गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न पाउनेछन्।