खराब कर्जा बढेसंगै फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशत कम भएको हो। ब्याज आम्दानीमा २७.५६ प्रतिशत घटावटका कारण नाफामा गिरावट आएको हो। खुद फि र कमिशन आम्दानी पनि ८६.२६ प्रतिशत घटेर १६ लाख रुपैयाँमा सीमित भएको छ। खराब कर्जा ४.४४ प्रतिशत पुगेको छ भने जगेडा कोषमा ३४ करोड ६ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ छ।