क्रिकेट टीमका प्रशिक्षक मोन्टी देसाईलाई क्यानले बिदाइ गर्यो



Advertisement
Ads

नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक मोन्टी देसाईलाई निरन्तरता नदिने निर्णय गरेको छ। उनकाे २ वर्षे सम्झौता फेब्रुअरीबाट समाप्त भएपछि क्यानले नवीकरण नगर्ने निर्णय गरेको हो। मोन्टी देसाईको नेतृत्वमा नेपालले ओडिआई मान्यता जोगाउन सफल भएको र ओडिआई विश्व कप छनोट खेलेको थियो। उनले नेपाललाई पहिलो पटक एसिया कपमा पुर्याए। तर, पछिल्लो समयमा टीमको प्रदर्शन सन्तोषजनक नभएको कारण क्यानले सम्झौता नवीकरण नगरी बिदाइ गर्ने निर्णय गरेको छ। क्यानले उनलाई आगामी यात्राका लागि शुभकामना र उत्कृष्ट प्रदर्शनको लागि धन्यवाद दिएका छन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर