कहिले सम्म गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ भर्न मिल्ने ?



Advertisement
Ads

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मा पौष २४ गतेसम्म आबेदन दिन पाइनेछ।


Advertisement

कम्पनीले आइपिओ आइतबार (पुस २१ गते)  देखि खुल्ला गरेको थियो । जसमा कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो।  त्यस्तै, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको छ।


Advertisement

न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ। आवेदन प्रक्रिया सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत गर्न सकिनेछ। यस आइपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर