कहिले सकिँदैछ महाप्रसाद अधिकारीको गभर्नर कार्यकाल? मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याएर विदा हुने तयारीमा



Advertisement
Ads

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २३ गते समाप्त हुँदैछ। २०७६ चैत २४ गते उनले गभर्नरको जिम्मेवारी सम्हालेका थिए। अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा सिफारिस समितिले अधिकारीसहित चिन्तामणि शिवाकोटी र केशव भट्टराईको नाम सिफारिस गरेको थियो। अधिकारीले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा फागुन दोस्रो साता ल्याउने तयारी गरेका छन्। राष्ट्र बैंक ऐनअनुसार गभर्नरको कार्यकाल समाप्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नरको सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ। नयाँ गभर्नरका लागि आकांक्षीहरूको दौडधुप केही महिना अघि नै सुरु भएको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर