कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा सीआईबीको अनुसन्धान सुरु
कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ। एक अर्बभन्दा बढी रकम हिनामिना भएको कुरा सार्वजनिक भएपछि सीआईबीले नेपाल राष्ट्र बैंकको छानबिन रिपोर्टको आधारमा अनुसन्धान थालिएको हो। सीआईबीले बैंकका अध्यक्ष राजेन्द्रवीर राय र प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहलाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको छ। यसअघि, नेपाल राष्ट्र बैंकले कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापनको जिम्मा लिएको थियो। अहिले बैंकको व्यवस्थापन उप-निर्देशक टीकाराम खतिवडाको नेतृत्वमा तीन सदस्यीय टोलीले सम्हालिरहेको छ।