एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद सेयरको लिलामी आजबाट सुरू
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २० देखि ३ लाख १७ हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। संस्थापक समूहका लागि २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारणका लागि २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर तोकिएको छ। न्यूनतम आवेदन संस्थापक समूहका लागि १० हजार कित्ता र सर्वसाधारणका लागि १०० कित्ता रहेको छ। आवेदन माघ २७ गतेसम्म दिन सकिन्छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ, भने बोलपत्र क्यापिटलको कार्यालय तथा एनएलजी इन्स्योरेन्सका शाखा कार्यालयहरूमा बुझाउन सकिन्छ।