उन्नति सहकार्य लघुवित्तको साधारण सभा माघ २६ गते बस्ने
उन्नति सहकार्य लघुवित्तले माघ २६ गते बिहान ११ बजे होटल सनस्टार इन्टरनेसनल, भैरहवामा वार्षिक साधारण सभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको एजेन्डा पनि समावेश हुनेछ। कम्पनीले यसपटक लाभांश वितरणको प्रस्ताव पेश गरेको छैन, जसले गर्दा सेयरधनीको हात खाली हुनेछ। अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि राखिनेछ। सभा प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गरिनेछ। माघ १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।