आशा लघुवित्तको २० लाख बढी कित्ता सेयरको लकइन सकिँदै
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख १४ हजार २२७.५० कित्ता सेयरको लकइन अवधि फागुन ११ गते समाप्त हुँदैछ। कम्पनीले ३ वर्षको लकइन अवधिमा संस्थापक र कर्मचारीतर्फका सेयरहरू रोक्का राखेको थियो। लकइन अवधि सकिएपछि कर्मचारी र संस्थापकले होल्ड गरेका सेयरहरू कारोबार गर्न सक्नेछन्। यसअघि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा संस्थापक र कर्मचारीतर्फका सेयर तीन वर्षका लागि रोक्का गरिएको थियो। बोनस सेयर थप गर्दा संस्थापक र कर्मचारीलाई २० लाख १४ हजार २२७.५० कित्ता सेयरको लकइन अवधि समाप्त भएको छ।