आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, छैन सेयरधनीलाई लाभांश



Advertisement
Ads

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १४ गते काभ्रेपलाञ्चोकको बनेपास्थित बनेपा पार्टी भेन्युमा नवौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले आर्थिक वर्ष ०८०/८१ को वित्तीय प्रतिवेदन पारित गर्ने, चालू वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, र सञ्चालक समितिमा चार संस्थापक र दुई सर्वसाधारण सदस्यको निर्वाचन गर्नेछ। साथै, मर्जर वा प्राप्ति प्रक्रियाको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरिनेछ।


Advertisement

साधारण सभा प्रयोजनका लागि माघ २ गते बुक क्लोज हुनेछ, जसअनुसार पुस २९ सम्मका सेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्। यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने नगर्ने निर्णय गरेको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर