आज फेरि अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड कायम, अन्य मुद्राको विनिमयदर कति ?



Advertisement
Ads

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।


Advertisement

अमेरिकी डलर एकको खरिददर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ कायम गरिएको छ। युरोको खरिददर १४१.३५ रुपैयाँ र बिक्रीदर १४२.१५ रुपैयाँ तोकिएको छ भने पाउन्ड स्टर्लिङको खरिददर १७१.२५ रुपैयाँ र बिक्रीदर १७२.०० रुपैयाँ रहेको छ।


Advertisement

अष्ट्रेलियन डलरको खरिददर ८४.६२ रुपैयाँ र बिक्रीदर ८४.९९ रुपैयाँ निर्धारण गरिएको छ। जापानी येन (१०) को खरिददर ८.७२ रुपैयाँ र बिक्रीदर ८.७६ रुपैयाँ रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर