आज एलआइसी नेपालको हकप्रद भर्ने अन्तिम दिन
लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको हकप्रद सेयरमा आवेदन दिन पुस १७ गते (आज) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।
कम्पनीले मंसिर १२ गतेदेखि १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो। १ सय अंकित मूल्यका यी सेयरको कुल मूल्य २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ छ।
एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरेको थियो। कात्तिक ८ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
हकप्रद सेयरको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। आवेदनका लागि एसबीआई मर्चेन्ट बैंकिङ, एलआइसी नेपालको पुतलीसडकस्थित स्टार मल, तथा देशभरका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।