आइसीएफसी फाइनान्सको डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन



Advertisement
Ads

आइसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको छ। यसमध्ये, १ लाख ८० हजार इकाई अन्य संघसंस्थालाई व्यक्तिगत पहलमा बिक्री गरिने र बाँकी १ लाख २० हजार इकाई सर्वसाधारणका लागि छुट्याइएको छ। न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ।आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरेको हो, जसमा वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। ब्याज रकम आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी वितरण गरिनेछ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर