आइसीएफसी फाइनान्सको डिबेन्चरमा आवेदनको ओइरो
आइसिएफसि फाइनान्स लिमिटेडले जारी गरेको ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र ओभर सब्स्क्राइभ भएको छ। शुक्रबार बिहान १० बजेसम्म ४.०६६ गुणा बढी आवेदन परेको छ। कम्पनीले १ हजार अंकित दरमा १ लाख २० हजार कित्ता ऋणपत्र जारी गरेको थियो, जसमा ६ हजार ६२९ जना आवेदकले ४ लाख ८७ हजार ९३८ कित्ताका लागि आवेदन दिएका छन्। ऋणपत्र ७ वर्षको अवधिका लागि जारी गरिएको हो र वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्नेछ। क्रेडिट रेटिङ्ग केयर एनपी त्रिपल बी माइनस भएको छ। आवेदन माघ १३ सम्म दिन सकिन्छ।