आइपीओ ल्याउने तयारी गरेको महानगर यातायातले २० करोड लगानीमा ४० वटा नयाँ गाडी थप्यो



Advertisement
Ads

महानगर यातायात प्रालिले बिहीबारदेखि थप ४० नयाँ बस सञ्चालनमा ल्याएको छ। २० करोड लगानीमा सञ्चालनमा आएका यी ३२ सिट क्षमताका र ८.५ मिटर लम्बाइका बसहरूले चन्द्रागिरीदेखि नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बनेपा हुँदै धुलिखेल अस्पतालसम्म सेवा दिनेछन्। नयाँ बस थपिएसँगै कम्पनीको बस संख्या ८९ पुगेको छ। यसअघि २०७२ सालमा ३९ ठूला सिटी बस सञ्चालनमा ल्याएको कम्पनीले अब दश विद्युतीय बस परीक्षणका लागि सञ्चालन गर्ने तयारी गरेको छ। कम्पनीले छिट्टै आफ्नो संरचना पब्लिक लिमिटेडमा रूपान्तरण गरी आइपीओ जारी गर्ने घोषणा गरेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर