आइतबार कति पुग्यो सुनचाँदीको मूल्य ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा किनबेच हुँदैछ। शुक्रबार पनि सुनको मूल्य तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलाको १ हजार ९१० रुपैयाँमा किनबेच भइरहेको छ।