आइतबार कति पुग्यो सुनचाँदीको भाउ ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ। शुक्रबार सुनको मूल्य तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको १ हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको छ।