अस्पतालैपिच्छे एउटै स्वास्थ्य परीक्षण दोहोर्याउनु पर्ने झन्झट हटाउँदै सरकार



Advertisement
Ads

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ जारी गरेको छ। यो प्रणाली लागू भएपछि बिरामीको सम्पूर्ण स्वास्थ्य जानकारी अनलाइनमा सुरक्षित रहनेछ। बिरामीलाई हेल्थ आईडी प्रदान गरिनेछ, जसमा स्वास्थ्य विवरण सुरक्षित हुनेछ। स्वास्थ्य संस्थाहरूलाई राष्ट्रिय एकीकृत प्रणालीमा आबद्ध गराइनेछ। यो प्रणालीले स्वास्थ्य परीक्षणको दोहोरोपन हटाउनेछ र बीमा तथा सामाजिक सुरक्षासँग समन्वय गर्न सहयोग गर्नेछ। अस्पतालहरू अनिवार्य रूपमा प्रणालीमा दर्ता हुनुपर्नेछ। स्वास्थ्य विवरण सुरक्षित राख्ने जिम्मेवारी स्वास्थ्य संस्थाको हुनेछ, र कानूनी आवश्यकताबाहेक अन्य व्यक्तिलाई सूचना उपलब्ध नहुनेछ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर