अमेरिकाले सबै वैदेशिक अनुदान रोक्यो
अमेरिकाले सबै वैदेशिक अनुदान ९० दिनका लागि रोकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। विदेश मन्त्रालयले अनुदानको समीक्षा र अनुमोदन नगरेसम्म नयाँ अनुदान वा विद्यमान अनुदानको विस्तार रोक्ने निर्देशन दिएको छ। २०२३ मा अमेरिकाले ६८ अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो, जसमा नेपाल १६ औं स्थानमा छ। आपतकालीन खाद्य सहायता र इजरायल-इजिप्टको सैन्य कोषमा रोक नलागे पनि, गाजा, सुडान जस्ता स्थानमा मानवीय र भोकमरी सहायतामा असर पर्ने जनाइएको छ।