अब सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भन्दै बाहिर किन्न पठाएमा कारबाही गरिने



Advertisement
Ads

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीहरूले बिरामीलाई औषधि छैन भन्दै बाहिर किन्न पठाएमा कारबाही हुने चेतावनी दिएका छन्। भक्तपुर क्यान्सर अस्पतालमा ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ उद्घाटन कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्। उनले अस्पतालका उपकरण बिग्रिएको भन्दै उपचारमा ढिलाइ गर्नु गैरकानुनी भएको बताउँदै कडाइका साथ रोक्ने प्रतिबद्धता जनाए। साथै, स्वास्थ्य बीमा प्रणालीलाई एकीकृत गर्नुपर्नेमा जोड दिँदै बीमा काउन्टर राख्न निर्देशन दिए। बीमा प्रणाली सुधारका लागि आवश्यक कदम चालिने बताउँदै बीमा रकम एक लाखबाट पाँच लाख पुर्‍याउने योजना अघि बढाइएको जानकारी दिए।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर