अब ट्राफिक प्रहरीले सवारी जाँचका क्रममा चालकको चाबी खोस्न नपाउने



Advertisement
Ads

पाटन उच्च अदालतले सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले चालकको चाबी खोस्न नपाउने निर्णय गरेको छ। न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको इजलासले यस्तो कार्यलाई गैरकानुनी ठहर गर्दै कानुन बमोजिम मात्र कारबाही गर्न निर्देशन दिएको हो। विवेक चौधरीले यो कार्यविरुद्ध दायर रिटमा चाबी खोस्ने कार्यले संविधानद्वारा प्रत्याभूत सम्मानपूर्वक बाँच्न पाउने र स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको बताएका थिए। सवारी तथा यातायात ऐन, २०४९ ले चाबी खोस्ने अधिकार नदिएको अदालतको ठहर छ। अदालतले यस्तो कार्य अनावश्यक हस्तक्षेप भएको भन्दै रोक्न आदेश दिएको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर