अब चेक बाउन्स मुद्दामा थुना खर्च सरकारले नै बेहोर्नु पर्ने



Advertisement
Ads

नेपालको सर्वोच्च अदालतले चेक बाउन्स (चेक अनादर) लगायतका व्यक्तिवादी फौजदारी मुद्दामा थुनामा राखिएका प्रतिवादीको थुना खर्च अब सरकारले सिधै बेहोर्नु पर्ने फैसला गरेको छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले यो निर्णय सुनाएका हुन्।


Advertisement

यस फैसलाअनुसार यदि कुनै व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई कैद सजाय सुनाइन्छ भने, कैद गर्दा लाग्ने दैनिक ३ सय रुपैयाँ खर्च समेत सरकारले नै बेहोर्नु पर्नेछ।


Advertisement

सर्वोच्च अदालतको १४ असोजको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै अब व्यक्तिवादी फौजदारी मुद्दामा पनि यदि कैद सजाय सुनाइन्छ भने थुना खर्च बापतको रकम दैनिक ३ सय रुपैयाँसमेत सरकारले नै तिर्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर