अब क्यान्सरका बिरामीले हवाई टिकट निःशुल्क पाउने



Advertisement
Ads

यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौता भएको छ। एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट र अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले सम्झौतामा हस्ताक्षर गरेका हुन्। अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार बिरामीले एकपटक मात्र यो सुविधा पाउनेछन्, जसका लागि क्यान्सर प्रमाणित हुनु आवश्यक छ। बिरामीलाई घर फर्किने गरी दोहोरो टिकट दिइनेछ। पूर्वाञ्चल क्यान्सर अस्पताल २०७६ सालदेखि सञ्चालनमा छ, जहाँ अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकहरू उपलब्ध छन्। विगत पाँच वर्षमा ६,४८४ नयाँ क्यान्सर बिरामीको उपचार भएको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर