सम्पदा लघुवित्तमा कर्मचारी आन्दोलन, विभेद र असमान व्यवहारको विरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा



Advertisement
Ads

बन्दीपुर, तनहुँ — २०८२ वैशाख २० गते सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरूले मर्जरपछिको असमानता, विभेदपूर्ण निर्णय र व्यवस्थापनको एकपक्षीय क्रियाकलापका विरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेका छन्। ‘भेदभाव विरुद्ध संघर्ष समिति’को नेतृत्वमा अघि बढाइएको आन्दोलनको सूचना संस्था प्रमुख कार्यकारी अधिकृत समक्ष औपचारिक रूपमा बुझाइएको छ। संघर्ष समितिका अध्यक्ष दिपेन्द्र तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएअनुसार, मर्जरपछि संस्था भित्र देखिएको पक्षपाती व्यवहार, पारदर्शिताको अभाव र न्यायोचित प्रक्रिया नअपनाइएका कारण कर्मचारीहरू बीच गम्भीर असन्तोष पैदा भएको छ। संघर्ष समितिले संस्थाको कम्पनी सचिवमार्फत २०७२ वैशाख ८ गते नै २८ बुँदे मागपत्र संचालक समितिमा पेश गरेको स्मरण गराउँदै, सो सम्बन्धमा हालसम्म कुनै सुनुवाइ नभएको र बेवास्ता गरिएको गुनासो गरेको छ। चार चरणमा विरोध कार्यक्रम कर्मचारीहरूले शान्तिपूर्ण र संयमित विरोधमार्फत माग सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने स्पष्ट गरेका छन्। विरोध कार्यक्रम यस प्रकार रहेका छन्:

  1. प्रथम चरण (वैशाख २१–२२): कालोपट्टी बाँधेर कार्यालय समयभित्र शान्तिपूर्ण सांकेतिक विरोध।
  2. दोस्रो चरण (वैशाख २३–२४): कालोपट्टी बाँध्ने, साथै आधा दिन पेन डाउन (काम रोक्ने)।
  3. तेस्रो चरण (वैशाख २५–२७): शान्तिपूर्ण प्रदर्शनसहित शाखा कार्यालयको नियमित कामकाज पूर्णरूपमा बन्द।
  4. चौथो चरण (वैशाख २८ पछि): केन्द्रीय कार्यालय घेराउ, कुनै पनि कार्यालयमा दैनिक कार्य नगर्ने/नगराउने।

कर्मचारी पक्षले कुनै पनि हस्तक्षेप, दबाब वा अमानवीय व्यवहार भएमा प्रतिरक्षाका लागि कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ। यस्ता कदमबाट उत्पन्न हुन सक्ने संस्थागत असन्तुलनको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवले लिनुपर्ने भनिएको छ। संघर्ष समिति संवाद, समन्वय र सौहार्दपूर्ण समाधानमा विश्वास राख्ने बताउँदै, व्यवस्थापन पक्षले समयमै गम्भीर ध्यान नदिए स्थिति थप जटिल हुन सक्ने संकेत गरेको छ।


Advertisement

491216330 1738910917050056 2218054787347909529 n https://bajarkochirfar.com/sampada-microfinance-announces-phased-protest-program-against-employee-agitation-discrimination-and-unequal-treatment | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर