प्राइम कमर्सियल बैंकको वितरणयोग्य नाफा साढे ४ सय प्रतिशतले बढ्यो, नाफा कति ?



Advertisement
Ads

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।

वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।


Advertisement

खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढेको कारण नाफा बढ्न पुगेको हो। खुद ब्याज आम्दानी १५.१७ प्रतिशतले बढेर ६ अर्ब ६६ करोडमा पुगेको छ

भने सञ्चालन आम्दानी १६.४८ प्रतिशतले बढेर ८ अर्ब ३४ करोडमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज १ अर्ब ५३ करोड १५ लाखबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँमा पुगेको छ।

खराब कर्जा अनुपात १.३६ प्रतिशतबिन्दुले बढेर ५.६५ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकले २ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ०५ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ र जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४६ रुपैयाँले घटेर १५.३२ रुपैयाँमा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर