प्रभु बैंकको नाफा सामान्य बढ्यो, वितरणयोग्य नाफा ऋणात्मक
प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३.५१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँमा पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी १६.०४ प्रतिशतले घटेर ७ अर्ब ८ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ५.६२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।
इम्पेयरमेन्ट चार्ज १ अर्ब ७६ करोड रुपैयाँ ऋणात्मकबाट घटेर १ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक मा आएको छ।
खराब कर्जा अनुपात ०.२८ प्रतिशतबिन्दुले बढेर ५.०९ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकले ३ खर्ब २० अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक र जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.३७ रुपैयाँले बढेर १० रुपैयाँ ६३ पैसा मा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ।