एयर इन्डियाको विमानमा फेरि प्राविधिक समस्या देखिएपछि यात्रुहरूलाई ओरालियो, दुई दिनमा चौथो घटना
एयर इन्डियाको सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको उडान नम्बर AI180 मा प्राविधिक समस्या देखिएपछि यात्रुहरूलाई मंगलबार बिहान कोलकातामा ओराल्नुपरेको छ। बोइङ ७७७-२००LR विमान स्थानीय समय अनुसार १२:४५ बजे कोलकाता आइपुगेको थियो र बिहान २ बजे मुम्बईका लागि प्रस्थान गर्ने तालिका थियो। तर बायाँ इन्जिनमा गडबडी देखिएपछि बिहान ५:२० बजे यात्रुहरूलाई विमानबाट ओर्लन भनिएको थियो।
पछिल्ला दुई दिनमा एयर इन्डियाका चार बोइङ विमानमा प्राविधिक समस्या देखिएको छ। जुन १६ मा हङकङबाट दिल्ली आउँदै गरेको उडान (AI315) र दिल्लीबाट राँची जाँदै गरेको उडान दुवै फर्काइएको थियो। त्यस्तै, जुन १५ मा लन्डनबाट चेन्नई र फ्र्याङ्कफर्टबाट हैदराबाद आउँदै गरेका दुई ड्रीमलाइनर विमानहरू पनि बाटोमै फर्किएका थिए। एकमा प्राविधिक समस्या देखिएको थियो भने अर्कोमा बमको धम्कीका कारण अवतरण अनुमति नपाई फर्काइएको थियो।
(एजेन्सीहरुको सहयोगमा)