आसामको कोइला खानीमा दुर्घटना हुँदा एक नेपालीसहित नौ जना कामदार फसे



Advertisement
Ads

आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीमा एक नेपालीसहित नौ जना मजदुर फसेका छन्।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले नौसेनाका गोताखोरहरूलाई सहयोगका लागि बोलाइएको बताए। आसाम सरकारले खानीमा फसेका मजदुरहरूको सूची जारी गरेको छ। यी मजदुरमध्ये एक नेपाली रहेको जनाइएको छ।


Advertisement

घटनास्थलमा खटिएको टोलीका अनुसार खानी भित्र करिब सय फिट पानीको रहेको छ। विशाखापट्टनमबाट गोताखोर बोलाइएको छ र उनीहरू छिट्टै यहाँ पुग्ने अपेक्षा गरिएको छ।

कोइला खानीमा सोमबार बिहान ८ बजेतिर कोइला निकाल्न गएका मजदुर खानी भित्र फसेका हुन्। खानीमा बिहानैदेखि केही मजदुर फसेको घटनास्थल नजिकै रहेका एक घाइते मजदुरका आफन्तले बताए।

खानीमा एक्कासी पानी भरिएर दुर्घटना भएको जनाइएको छ। उक्त कोइला खानी करिब ३ सय फिट गहिरो रहेको बताइएको छ।

(बीबीसी)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर