नेपाल एसबीआई बैंकको नाफामा सुधार, खराब कर्जा बढ्यो
नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३.३६ प्रतिशतले बढेर १ अर्ब २० करोड ३२ लाख रुपैयाँमा पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी १.०९ प्रतिशतले घटेर ३ अर्ब ५३ करोड ४० लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी २.१५ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ।
इम्पेयरमेन्ट चार्ज ८० करोड रुपैयाँबाट घटेर ७२ करोड ६० लाख रुपैयाँमा आएको छ। खराब कर्जा अनुपात २.०८ प्रतिशतबिन्दुले बढेर ४.०६ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी १० अर्ब ९९ करोड रुपैयाँ रहेको भने वितरणयोग्य नाफा १ अर्ब ५ करोड रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ३ लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.४८ रुपैयाँले बढेर १४.७२ रुपैयाँमा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ रहेको छ।