नेपाल बैंकले भन्यो, “बैंकबाट २० अर्ब ४० करोडभन्दा बढी रकम गायब भएको भन्ने समाचार भ्रामक हो”



केही सञ्चार माध्यमहरूले नेपाल बैंक लिमिटेडबाट आर्थिक वर्ष २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भन्ने आशयका समाचार प्रकाशित गरेपछि बैंकले ती समाचारलाई पूर्णतः झुटो, भ्रामक र तथ्यहीन भएको भन्दै कडा खण्डन गरेको छ।

बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनअनुसार नियमित रूपमा आफ्ना वित्तीय विवरणहरू तयारी, लेखापरीक्षण र सार्वजनिक गर्दै आएको स्पष्ट पारेको छ। बैंकले त्रैमासिक तथा वार्षिक वित्तीय विवरणहरू नियामक निकाय र सर्वसाधारणको जानकारीका लागि निरन्तर रूपमा सार्वजनिक गर्दै आएको उल्लेख गरिएको छ।


Advertisement

“हामी नियामक निकायसँग पूर्ण समन्वयमा रही कार्य गर्दै आएका छौं,” विज्ञप्तिमा भनिएको छ, “यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं।”

नेपाल बैंकले आफु वित्तीय रूपमा सुदृढ रहेको र नेपाल राष्ट्र बैंक लगायत नियामक निकायहरूको सम्पूर्ण नीति, निर्देशन र मापदण्डहरूको पूर्ण पालना गर्दै आएको दाबी गरेको छ। बैंकले आफ्ना ग्राहक, नियामक निकाय, नेपाल सरकार र सम्पूर्ण सरोकारवालालाई आफूप्रति विश्वस्त रहन पनि आग्रह गरेको छ।

506252138 1096961649129792 951967039878766458 n https://bajarkochirfar.com/nepal-bank-said-the-news-that-more-than-rs-20-4-billion-has-disappeared-is-misleading | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर