२० वर्षदेखि नचलाइएका खाताहरू बन्द गर्दै नबिल बैंक
नबिल बैंक (साविक नेपाल बंगलादेश बैंक र यूनाईटेड फाइनान्स)ले २० वर्षदेखि निष्क्रिय रहेका खाताहरू बन्द गर्ने भएको छ। बैंकले यस्ता खाताका खातावाल वा कानुनी हकवालाहरूलाई आगामी असार १५ गतेभित्र खाता सक्रिय गर्न अनुरोध गरेको छ।
साविक बैंकहरूमा खाता खोलेका तर लामो समयदेखि प्रयोगमा नरहेका खाताहरू बन्द गरिने सूचनामा उल्लेख गरिएको छ।