सातै प्रदेशमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता अभियान
मुक्तिनाथ विकास बैंकले नागरिकलाई वित्तीय ज्ञान प्रदान गर्ने उद्देश्यले सातै प्रदेशमा ‘साक्षर बनौं, सक्षम बनौं’ नारासहित वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ।
फागुन महिनाभर आयोजित यस अभियानमा किसान, उद्यमी, महिला तथा युवा सहभागी भएका थिए। कार्यक्रममा सुरक्षित बैंकिङ कारोबार, बिमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, साइबर सुरक्षा, ग्राहक अधिकार, व्यावसायिक योजना तयारी, बजारीकरण सम्भावना, व्यक्तिगत तथा पारिवारिक बजेट व्यवस्थापन, बचत र कर्जा परिचालन लगायतका विषयमा प्रशिक्षण दिइएको बैंकले जनाएको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै, बैंकले हालै ‘मुक्तिनाथ फाइदा एप’ सार्वजनिक गरेको छ, जसबाट ग्राहकहरूले मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी, अनलाइन कर्जा आवेदन, डिजिटल खाता खोल्ने, इन्टरनेट बैंकिङ तथा खातामै रेमिट्यान्स जम्मा गर्ने सुविधा घरमै बसेर प्राप्त गर्न सक्नेछन्।