पतञ्जली प्रकरणमा बयान दिन विशेष अदालत पुगे माधवकुमार नेपाल



पतञ्जलीको जग्गा प्रकरणमा बयान दिन पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा उनी बुधबार बयान दिएका हुन्।

काभ्रेस्थित पतञ्जली योग पिठको हदबन्दी छुटको जग्गा किनबेच गरेको आरोपमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको थियो। यस प्रकरणमा नेपाललाई १८ करोड रुपैयाँ बिगो माग गरिएको छ र उनको सांसद पद निलम्बनमा छ। बयानमा नेपालले कुनै अनुचित काम नगरेको र निर्णयहरू राष्ट्र र जनताको हितमा मात्र भएको स्पष्ट पारेका छन्।


Advertisement

उनले हदबन्दीभन्दा बढी जग्गा किनबेचबारे स्पष्ट याद नभएको र नियम कानुनको पालना हुनुपर्ने बताउँदै, निजी स्वार्थका लागि कुनै काम नगरेको दाबी गरेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर