काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सात महिनापछि बसे पनि केवल १ मिनेट ८ सेकेन्डमै सकिएको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार मासिक रूपमा बस्नुपर्ने बैठक प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण लामो समयसम्म रोकिएको थियो।
शुक्रबार बसेको ४०औँ कार्यपालिका बैठकमा २४ एजेन्डामध्ये केवल एउटा—नगरसभा मिति तय गर्ने विषयमा मात्र निर्णय लिइयो। नगरसभा असार २९ गते दिउँसो २ बजे र कार्यपालिका बिहान ९ बजे बस्ने तय भएको छ।
बैठक टुंगिएपछि उपप्रमुख सुनिता डंगोलले बजेट तर्जुमा समितिको बैठक आजै बस्ने जानकारी दिएकी थिइन्, तर त्यो बेलासम्म प्रमुख शाह बैठकबाट निस्किसकेका थिए। यससँगै काठमाडौं महानगरको बजेट अब असार २९ गते सार्वजनिक हुने भएको छ।


















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)



प्रतिकृया