प्रतिष्ठान’की अध्यक्षले ‘ढले ढले’गीतको केक काटेपछि ज्योती मगरको व्यङ्ग्य



Advertisement
Ads

नायक पल शाहले बिहीबार ४ करोड ७१ लाखभन्दा बढी भ्यूज पाएको ‘म त ढले ढले’ बोलको गीतको सफलता पार्टी मनाए। शान्तीरानी परियारको स्वरमा समावेश यो गीतले पछिल्लो केही महिनायता ठूलो चर्चा पाएको छ। गीत रिलिज भएयता आलोचना भए पनि यसले देश तथा विदेशका दर्शकको मन जित्न सफल भएको छ।

सफलता पार्टीमा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’की अध्यक्ष रीता थापा मगरको उपस्थिति देखिएपछि गायिका ज्योती मगरले कटाक्ष गर्दै प्रतिष्ठानमाथि व्यंग्य प्रहार गरेकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, “‘मलाई विस्ताराले पोल्यो’ बोलको गीतलाई संस्कृति भड्काउने भन्दै आलोचना गर्ने प्रतिष्ठानले ‘म त ढले ढले’ गीतको सक्सेस पार्टीमा केक काट्नुलाई के भन्नुहुन्छ? आज के साम, सो-कल्ड आदर्शवादी के नाम?”


Advertisement

ज्योतीले प्रतिष्ठानले अघिल्लो गीतलाई छाडा ठहराउने तर यो गीतको सफलतामा सहभागी हुने दोहोरो चरित्र देखाएको आरोप लगाएकी छन्। ‘म त ढले ढले’ सार्वजनिक भएयता शब्दको आलोचना भइरहेको थियो, जसका सर्जकले पटक-पटक स्पष्टिकरण दिनुपरेको थियो। तर, ज्योतीले प्रतिष्ठानकै भूमिकामाथि प्रश्न उठाउँदै आफ्नो असन्तोष व्यक्त गरेकी हुन्।

download 5 https://bajarkochirfar.com/jyoti-magars-sarcasm-after-cutting-the-cake-of-the-song-dhale-dhale-by-the-president-of-pratishthan | jyoti magar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर