नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ। बिहीबार काठमाडौंको बानेश्वरमा बसेको राष्ट्रिय भेलाले प्रतिनिधि सभा सदस्य र संरक्षक रेशम चौधरीका बुबा लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।
लालवीर चौधरी गत निर्वाचनमा बर्दियाबाट स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका थिए र केही समयमै नाउपामा प्रवेश गरेका थिए। यसअघि पार्टी अध्यक्ष पदमा रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ थिइन्। तर पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी श्रेष्ठलाई अख्तियारले स्पष्टीकरण सोधिसकेको छ।
विवादपछि अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकी थिइन् र आफूलाई अवैध राष्ट्रिय भेलाले अध्यक्षबाट हटाउन नसक्ने दाबी गर्दै आएकी थिइन्। नाउपा औपचारिक रूपमा विभाजित भएको छ।
रञ्जिता श्रेष्ठविरोधी पक्षको भेलाले श्रेष्ठलाई हटाउँदै रञ्जिताका पतिसमेत रहेका संरक्षक रेशम चौधरीका बाबु लालवीरलाई अध्यक्ष बनाएको हो। हिजोमात्रै रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएर साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो।
नयाँ अध्यक्ष लालवीर चौधरीले विधि र पद्धतिअनुसार पार्टीलाई निकास दिन यो निर्णय भएको बताए। उनले पार्टी कमिटीको सुझाव र सल्लाह अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए। चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नभएको बताउँदै, रञ्जितालाई टाढा राखेको नभएको र निकासका लागि अघि बढेको स्पष्ट पारेका छन्।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)









![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)
प्रतिकृया