अनामनगरमा सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला भेटिएपछि विभागले तीन लाख जरिवाना तिरायो



Advertisement
Ads

काठमाडौं अनामनगरस्थित सिलौटो रेस्टुरेन्टले खाजामा साङ्ला भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यो जरिवाना गरेको हो।


Advertisement

घटना सोमबार ट्रक व्यवसायी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा भएको थियो। कार्यक्रममा वितरण गरिएको खाजामा साङ्ला भेटिएको उजुरीपछि विभागको अनुगमन टोलीले रेस्टुरेन्टको छानबिन गरेको थियो।


Advertisement

विभागका सूचना अधिकारी डिक बहादुर कार्कीका अनुसार, अनुगमन टोलीले खाजामा कीरा भेटिएको पुष्टि गरेपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको हो। उनले भने, “उजुरी आएपछि हाम्रो टोलीले अनुगमन गर्दा खाजामा कीरा भेटिएको प्रमाणित भयो। त्यसपछि जरिवाना गराइएको छ।”

साङ्ला वा अन्य कीरा फेला परेको विषयमा प्रतिक्रिया लिन खोज्दा रेस्टुरेन्टका सञ्चालकले यसबारे बोल्न अस्वीकार गरेका छन्।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर