ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त



Advertisement
Ads

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समितिले दिपचन्द्र रेग्मीलाई अध्यक्ष पदमा चयन गरेको छ। उनी यसअघि क्यापिटलका सञ्चालक थिए।

रेग्मी हाल ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन्। उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। १७ वर्षभन्दा बढी बैंकिङ अनुभव भएका रेग्मी सन् २००९ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए।


Advertisement

हाल उनी मानव संसाधन निरीक्षण प्रमुख र प्रमुख कर्जा अधिकृतको रूपमा कार्यरत छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर