नेपाल–भारत विद्युत् व्यापार विस्तार गर्ने ढल्केबर–बारा प्रसारण लाइन निर्माण सम्पन्न



Advertisement
Ads

नेपालको विद्युत् प्रसारण प्रणालीलाई सुदृढीकरण र नेपाल–भारत विद्युत् व्यापार विस्तार गर्न हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत विभिन्न खण्डहरूको निर्माण भइरहेको छ। हाल, ढल्केबर–बारा खण्डको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ, जसले महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा विद्युत् आपूर्ति सुधार गर्नेछ। साथै, ढल्केबरबाट इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर डबल सर्किट प्रसारण लाइन पनि गत असारदेखि सञ्चालनमा आइसकेको छ।

विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुरमा ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ। यससँगै, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट भारतबाट दिउँसो विद्युत् आयात गरेर राति जलाशययुक्त आयोजना सञ्चालन गर्न सकिने सम्भावना रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।


Advertisement

यसबाहेक, १३२ केभी प्रसारण लाइनको क्षमता वृद्धि गर्न हेटौँडा–ढल्केबर खण्डमा पुरानो तारलाई नयाँ उच्च क्षमताको तारले प्रतिस्थापन गरिनुका साथै, स्थानीय अवरोधका कारण केही खण्डमा निर्माण काममा ढिलाइ भएको छ। ४०० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गर्दा विद्युत् प्रवाहलाई सहज बनाउँदै निर्माण कार्य अघि बढाउने योजना छ।

नेपाल–भारत विद्युत् प्रसारण र व्यापार परियोजना अन्तर्गत, हेटौँडा–ढल्केबर र ढल्केबर–इनरुवा खण्डको निर्माण कार्य नेपाल सरकार र प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा भइरहेको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर