एक अर्ब रुपैयाँको लागतमा दरखोला जलविद्युत् आयोजना निर्माण सुरु



Advertisement
Ads

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ।

दरखोला हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा सञ्चालन हुने यो आयोजना रन अफ द रिभर प्रकारको हो। हाल पेनस्टक पाइप राख्न आवश्यक करिब दुई किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ र तीन वटा डोजर परिचालित छन्।


Advertisement

सोलवाङमा बन्ने विद्युत्गृहसम्म पाँच सय ४८ मिटर उचाइबाट पानी झारिनेछ, र उत्पादन भएको विद्युत सात किलोमिटर लामो प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेशनमा जोडिनेछ। करिब एक अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको आयोजनाबाट २०८३ सालको फागुनभित्र विद्युत उत्पादनको लक्ष्य राखिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर