२ अर्बभन्दा बढी रकम हिनामिनाको आरोपमा रवि लामिछानेसहित २९ जनाविरुद्ध अभियोगपत्र दर्ता



वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा रास्वपाका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराध अन्तर्गत पूरक अभियोगपत्र दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले लामिछानेमाथि ११ करोड ५६ लाख रुपैयाँ बिगो मागदाबी गर्दै ६ देखि ८ वर्षसम्मको कैद सजायसहित संगठित अपराध ऐनअनुसार थप सजाय पनि माग गरेको छ। लामिछाने हाल सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीसहित जेलमा छन्।

अनुसन्धानबाट सानो पाइला सहकारीको रकम गोर्खा मिडिया र नेचर हर्ब्समा स्थानान्तरण भएको, ५ हजारभन्दा बढी बचतकर्ताको रकम हिनामिना गरिएको र स्वर्णलक्ष्मी सहकारीमा १ अर्ब १५ करोड रुपैयाँ ट्रान्सफर गरिएको पाइएको छ। सोही आधारमा अन्य प्रतिवादीहरू विरुद्ध पनि ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी सजाय माग गर्दै मुद्दा दायर गरिएको हो। हालसम्म थुनामा रहेका ५ जना बाहेक बाँकी २७ जना फरार रहेको उल्लेख छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर