Advertisement
Ads

गाजामा युद्धविराम लागू, हमासले बन्धक रिहा गर्ने प्रक्रिया सुरु गर्यो



Advertisement
Ads

इसराइली प्रधानमन्त्री कार्यालयले आइतबार बिहान ११:५५ बजे गाजामा युद्धविराम लागू भएको घोषणा गरेको छ, जुन सिएनएनका अनुसार चार घन्टा ढिला भएको हो। स्थानीय समयअनुसार युद्धविराम बिहान साढे ८ बजे घोषणा हुने भनिएको थियो, तर हमासले बन्धकको सूची नबुझाएको कारण यो ढिला भएको हो। युद्धविरामको ढिलाइपछि इसराइलले गजामा हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा १३ जनाको मृत्यु र ३० जना घाइते भएका छन्।

युद्धविरामको घोषणा सँगै, हमासले तीन इसराइली महिलालाई बन्धकमुक्त गर्ने छ। यी महिलाहरू रोमी गोनेन, डोरोन स्टीनब्रेचर, र एमिली डमारी हुन्, र उनीहरूलाई रेडक्रसमार्फत इसराइल पठाइनेछ।


Advertisement

यसका बाद, हमासले एक सातापछि चार जना बन्धक रिहा गर्ने घोषणा गरेको छ, र प्रत्येक सातामा थप बन्धक रिहा गर्ने प्रक्रिया ६ सातासम्म जारी रहनेछ। यो बीचमा, मध्यस्तकर्ताहरू दोस्रो चरणको युद्धविरामका लागि दुई पक्षसँग छलफल गर्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर