इजरायल-हमासबीच युद्धविरामको सम्झौता, बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन कहिले छुट्ने ?



Advertisement
Ads

इजरायल र हमासबीच गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न स्थायी युद्धविरामको समझदारी भएको छ। बीबीसीले स्रोतहरूलाई उद्धृत गर्दै दुवै पक्ष सम्झौताका लागि तयार भएको जनाएको छ। यद्यपि, सम्झौताबारे औपचारिक घोषणा अझै हुन बाँकी छ।


Advertisement

सम्झौताको मुख्य बुँदाहरूमा लाखौं विस्थापित गाजालीहरूलाई घर फर्कन अनुमति दिने र बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने प्रावधान छन्।


Advertisement

७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा १,२०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो। बन्धक बनाइएकामध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि छन्। यो सम्झौतासँगै विपिनको रिहाइको सम्भावना पनि खुल्नेछ।


Advertisement

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणबाट गाजामा हालसम्म ४६,००० भन्दा बढी प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन्।

इजरायलका अनुसार अझै ९४ जना बन्धक हमासको कब्जामा छन्, जसमा ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ।

सम्झौताको पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका, र पुरुषसहित ३३ जना इजरायली बन्धकलाई रिहा गर्नेछ।
१६ औं दिनपछि दोस्रो चरण कार्यान्वयन हुने छ, जसअन्तर्गत बाँकी रहेका सबै बन्धकहरूको रिहाइ हुनेछ।

तेस्रो चरणमा मृत बन्धकहरूको शव फिर्ता गरिनेछ र गाजाको पुनर्निर्माण सुरु गरिनेछ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइका लागि सम्झौता भएको र उनीहरूलाई छिट्टै रिहा गरिने बताएका छन्।

स्थायी युद्धविरामसँगै गाजाबाट इजरायली सेनाको फिर्तीसमेत सम्झौतामा उल्लेख गरिएको छ। बीबीसीका अनुसार मध्यस्थकर्ताहरूले सम्झौताको कार्यान्वयन प्रक्रिया सुनिश्चित गर्ने जनाएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर