नेपाल एसबिआई मर्चेण्ट बैंकिङको सीईओमा भण्डारी नियुक्त, को हुन् ?



नेपाल एसबिआई मर्चेण्ट बैंकिङको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन्। शुक्रबार बसेको सञ्चालक समितिको ७१औं बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।

भण्डारीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव छ। यसअघि उनले नेपाल एसबिआई बैंकमा सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, र लेखा परीक्षण विभागमा काम गरिसकेका छन्।


Advertisement

कुशल नेतृत्वद्वारा स्रोत र साधनको प्रभावकारी व्यवस्थापन गर्न सक्ने क्षमताका धनी भण्डारी अब नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्वमा सञ्चालित २० करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल एसबिआई मर्चेण्ट बैंकिङको नेतृत्व सम्हाल्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर